sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

रेडपाण्डाका छालासहित युवक पक्राउ

रेडपाण्डाका छालासहित युवक पक्राउ

सूत्र न्यूज

३ आश्विन २०७८
  • 176
    SHARES
  • प्रतिबन्धित् हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । रेडपाण्डाको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका-५ कालीमाटीस्थित होटलमा ल्याएको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुकुमार थापाले बताए ।

    images

    परियारकाे साथबाट रेडपाण्डाको ४२ ईन्च लम्बाइ भएको ठूलो छाला एक  थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान बरामद गरेकाे डिएसपी थापाले बताए । पक्राउ परेका परियारलाई थप अनुसन्धान जारी रहेको बताएको छ । 


    प्रकाशित :आश्विन ३, २०७८ आइतवार - १६:५२:२२

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.