सुनको मूल्य सामान्य गिरावट-Sutra News

सुनको मूल्य सामान्य गिरावट

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य एक लाख ३५ हजार १५० रुपैयाँ तोकिएको छ । बुधबार एक लाख ३५ हजार ३५० रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले गिरावट भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट