मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको सम्पत्तिमा क्षति-Sutra News

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको सम्पत्तिमा क्षति

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट १० महिनामा ४६ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।



मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म संकलन गरिएको तथ्यांक विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ ।

अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ ।

मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन् । सोही अवधिमा सिरहामा २१६ तथा सर्लाहीमा १०६ आगलागीका घटना भएको विवरणमा जनाइएको छ ।

यसैगरी सप्तरीमा १७२, धनुषामा १४५, महोत्तरीमा १३०, रौतहटमा १८३, बारामा १२१ तथा पर्सामा १२८ आगलागीका घटना भएकोे विवरणमा उल्लेख गरिएको छ ।

लामो समयदेखि आकासे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्यधिक भएको प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट