आईपीएलमा जित्नै पर्ने दबाबमा चेन्नई र बैंगलोरू-Sutra News

आईपीएलमा जित्नै पर्ने दबाबमा चेन्नई र बैंगलोरू

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज एक खेल हुँदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुने भएको हो ।



बैंगलुरुमा हुने यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ । जारी आईपीएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

बैंगलुरुले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडि जितेमा प्लेअफमा पुग्ने सम्भावना रहन्छ । चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ ।

चेन्नईको अहिले १३ खेलमा १४ अंकका साथ चौथोँ स्थानमा छ । बैंगलुरु १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा छ ।

यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट