

काठमाडौं । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका ५ भकुण्डाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
उनले ती बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।