दर्शकले किन रुचाएनन् ‘खजुरे ब्रो’ ?-Sutra News

दर्शकले किन रुचाएनन् ‘खजुरे ब्रो’ ?

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो, ‘खजुरे ब्रो’ । करिब डेढ करोड बढी लगानीमा निर्माण भएको यो फिल्मले प्रदर्शन भएको पाँच दिन भइसक्दा आफ्नो लगानी सुरक्षित गर्न असम्भव देखिएको छ ।



प्रिमियरमा समेत खासै सकारात्मक प्रतिक्रिया पाउन नसकेको फिल्मले प्रदर्शनको पहिलो दिन उत्साहजनक शो पाउन सकेन । सुस्त प्रचारका कारण फिल्मलाई प्रदर्शकहरूले पत्याएनन् भने चासो पनि देखाएनन् ।

प्रदर्शनको दिन दर्शकहरूले मन पराएमा माउथ पब्लिसिटीको आधारमा शो सङ्ख्या र दर्शकको साथ थपिन सक्थ्यो । तर, कही कतैबाट कसैको ध्यान तन्न नसको ‘खजुरे ब्रो’लाई एक हिसाबले दर्शकको खडेरी लाग्यो । कतिपय दर्शकका लागि फिल्म आएर गएको पत्तो नहुने भइसकेको छ ।

प्रदर्शनकै दिन फिल्मले जम्मा ५० शो पाएको थियो । हलहरूले उपलब्ध शोमध्ये केही शोज भने रद्दसमेत हुन पुगेका थिए । प्रदर्शनको भोलि पल्ट अर्थात शनिबार निर्माण पक्षले केही हलहरू आफै बुक गरेर दर्शकको अकुपेन्सी देखाउने कोशिससमेत गरेको थियो । सुरुवाती दिनमा जति चर्चा भए पनि प्रदर्शन मिति आइपुग्दा हराए जस्तै देखिन पुगेको फिल्मको हरेक प्रयासमा दर्शकको साथ मिलेन ।

दर्शकलाई हलसम्म तान्न नसक्दा फिल्मले गतिलो इनिसियल व्यापार गर्न सकेको देखिदैन । यसको मुख्य कारण फिल्मको प्रचार प्रसार कमजोर हुँदा इनिसियल व्यापारमा घाटा लागेको हो । फिल्म बनाउनभन्दा चलाउन कठिन हुन्छ भन्ने थहा पाएको निर्माण टिमले प्रचार प्रसारमा ध्यान नपुर्याउँदा फिल्मप्रति दर्शले चाँसो नदेखाएको प्रष्ट हुन्छ । सोही हिसाबले कतिपय हलले प्रचार न देखेर सोचेअनुरूप शोज नदिएका हुन् ।

सुरज सुनुवारको निर्देशनमा तयार भएको हास्य विधाको फिल्ममा ‘खजुरे ब्रो’मा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौलालगायत कलाकारको मुख्य भूमिका छ ।

रेयर र महेश, नवीन विनिताले यसअघि थुप्रै फिल्म खेलिसकेका छन् भने नीतिले यही फिल्मबाट डेब्यू गरेकी हुन् । यस फिल्ममा अनुबन्धित भएसँगै नीतिको चर्चा उत्कर्षमा पुगेको थियो । एक हिसाबले फिल्म चलोस् भन्ने चाहान्थिन् उनी पनि । तर, के गर्नु नीतिका लागि ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै बाहेक अरू केही हुन सकेन । किनकी फिल्म क्षेत्रका लागि प्रयासरत उनका यसअघि आफू अनुबन्धित भएका अन्य फिल्ममा अभिनय गर्ने अवसर र काम देखाउन पाएकी थिइनन् ।

अर्कोतर्फ यस फिल्मबाट नीतिको केही सपना पूरा गर्दै छु भन्नेमा पनि आशावादी थिइन् । उनका लागि नेपाली फिल्म क्षेत्रमा डेब्यु फिल्मको सफलता र अभिनयको तारिफ पाएर झण्डा गाड्नु पर्ने थियो । तर, डेब्यू नायिकामा उनको अभिनयले पनि तारिफ कमाउन सकेन । फिल्म हेर्ने अधिकांशले नीतिको अभिनयलाई निकै कमजोर भन्न भ्याए ।

उसो त, नीतिको पाइपलाइनमा अझै तीन वटा फिल्म ’ज्वाइँ साब’, ‘रुखान’ र निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म छन् । तर, उनका लागि पहिलो फिल्मले नै ठन्डा सुरुवातको कारण आगामी फिल्मका अझै कसरत गर्नु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट