सुटिङका क्रममा पल शाह घाइते-Sutra News

सुटिङका क्रममा पल शाह घाइते

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । फिल्म ‘रावायण’को यतिबेला सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा यो फिल्मको एक्सन दृश्यको छायांकन भइरहेको छ । छायांकनको क्रममारहेको यस फिल्मका मुख्य अभिनेता पल शाह घाइते भएका छन् ।



फिल्मको एक्सन दृश्य खिचिदै गर्दा पलको हातमा चोट लागेको बताइएको छ । यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै जानकारी दिएका छन् ।

पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ । उनले सेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ । निर्माण टिमबाट प्राप्त जानकारी अनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ ।

सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् ।

पल घाइते भएको यो एक उदाहारण हो भने यस अघि फिल्ममा फाइट र स्टन्टका दृश्य खिच्दा थुप्रै कलाकारहरु घाइते भएका छन् । यस अघि फिल्म ‘मैदान’ कोे छायांकनका क्रममा अभिनेता राजेश हमाल हातमा तरबार बोकेर गुण्डालाई प्रहार गर्न तम्तयार थिए । तर, अकस्मात् त्यो तरबार बिँडबाट फुत्कियो र क्यामेराम्यानको अनुहारमा गएर लागेको थियो । उनका चार वटा दाँत पूरै भाँचिनुका साथै ओठ पनि काटिएको थियो । त्यस बेला हमाल हेरेको हेरै भएका थिए ।

फिल्म ‘आफ्नो बिरानो’ को सुटिङका बेला अभिनेता हमाल पनि ज्यानकै जोखिम बेहोरेका थिए ।

यस्तै, फिल्म ‘दुश्मन’को सुटिङ भइरहँदा ‘ब्लास्टिङ सिन’ खिचिँदै थियो । द्वन्द्व निर्देशक एनबी महर्जन स्वयं स्टन्ट गर्दै थिए । उनको शरीरमा आगो लागेको थियो । त्यसबेला उनी करिब दुई महिना अस्पताल मै बस्नुपर्यो ।

यसैगरी अर्को एक घटना फिल्म ‘जाऊँ हिँड पोखरा’को सुटिङमा अभिनेत्री रेखा थापाले अभिनेता जीवन लुइँटेललाई गुण्डाहरूबाट जोगाएर भगाउनुपर्ने दृश्यमा हाम्फाल्ने बेलामा ‘मिसप्लेस’ भएर उनी राखिएको ‘फर्म’ भन्दा बाहिर लडेकी थिइन् । तयस समयमा उनको खुट्टाको ‘लिगामेन्ट’मा असर गर्नुका साथै बेडमै थलिएर १५ दिन सुटिङै रोकिएको थियो ।

सोही घटना जस्तै फिल्म ‘सन्तान’का लागि अभिनेता निखिल उप्रेती बाइक उडाउने क्रममा उनको दाहिने हातको ठूलो औँलै भाँचिउको थियो । उनको त्यो हातको औँला अझै बांगै छ ।

सुटिङका क्रममा अभिनेता सरोज खनालले यस्तो दुर्घटना भोगेका छन्, जसकारण उनी आफूले बाँचिरहेको जीवनलाई ‘दोस्रो जीवन’ भन्छन् ।

यी त भए केही कुराकानी र जानकारीमा मिलेका घाइते कलाकारहरुको नाम । यस्ता अन्य थुप्रै घटना छन् फिल्मका फाइट र स्टन्टका दृश्य खिचिने क्रममा भिलेनहरू झन् बढी घाइते हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट