रहेनन् कलाकार उज्वल केसी-Sutra News

रहेनन् कलाकार उज्वल केसी

आइतबार, ३० बैशाख २०८१

आइतबार, ३० बैशाख २०८१

काठमाडौं । कलाकार, निर्देशक, रेडियोकर्मी तथा टेलिभिजनकर्मी उज्ज्वल केसीको निधन भएको छ ।



लामो समयदेखि युरोपको बेल्जियम आन्त्रोपेन सहरमा श्रीमती र दुई छोरीसहित बस्दै आएका केसीको शनिबार दिउँसो हृदयघातबाट निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

कलाकार संघका सदस्यसमेत रहेका दिवंगत केसीको अन्त्येष्टि सोमवार बेल्जियममै गरिने भाइ प्रज्वल केसीले जानकारी दिए ।

नेपालमा छँदा केसीले रेडियो, टेलिभिजनमा काम गर्नुका अलवा फिल्म, टेलिफिल्म, म्युजिक भिडियो अभिनय गरेका छन् । उनले अंग्रेजी हरर फिल्म ‘ रुट ६५’ को निर्देशन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट