सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ, विश्वकप खेल्ने सम्भावना-Sutra News

सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ, विश्वकप खेल्ने सम्भावना

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई सफाइ दिएका हुन् ।



गौशाला २६ माथि बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

यसअघि मंगलबार नै न्यायाधीहरूले फैसला दिने गरी सामान्यतया अदालतको समयभन्दा बढी समय बहस गरेका थिए । तर, राति फैसला गर्दा गलत सन्देश जाने भएकाले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

न्यायाधीशहरूले सन्दीपको मुद्दा पहिलो नम्बरमा राखेर बहस सुरु गरिएको थियो । उनको मुद्दामा फैसला नसकिएपछि सोही अवस्थाबाट आज सुनुवाइ भएको थियो ।

गौशाला २६ लाई बालिग ठहर गर्दै सहमतिमै करणी भएको भन्दै उच्च अदालतको सन्दीपको पक्षमा फैसला गरेको हो ।

फैसलामा भनिएको छ, ‘जन्म दर्तालगायतका विभिन्न कागजातअनुसार गौशाला २६ नाबालिग नभएको र सहमतिमै करणी भएको हुन आएको देखिन्छ, यसकारण सन्दीप दोषी नभएको ठहर्छ ।’

पछिल्लो फैसलासँगै लामिछानेलाई टी २० विश्वकप खेल्ने पहिलो ढोका खुलेको छ ।

योसँगै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेर आइसीसीको सहमति लिएपछि उनले विश्वकप खेल्न पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट