शनिबार तपाईंको दिन कस्तो ? राशिफलमा के छ ?-Sutra News

शनिबार तपाईंको दिन कस्तो ? राशिफलमा के छ ?

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

आज मिति २०८१ जेठ ५ गते शनिबार । सन् २०२४ मे १८ तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व दशमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः१३ बजे भयो भने सूर्यास्त साँझ ६ः४७ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

व्यस्तता बढे पनि अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । आफन्तसुख प्राप्त हुनेछ । साथीभाइको साथ प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

बृष

पराक्रम बढ्नेछ तर आजको दिन त्यति शुभदायी देखिन्न । खर्चको मात्रा बढ्ने समय छ । व्यवसायमा पनि लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला । परिवारिक सुख रहनेछ ।

मिथुन

अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने योग छ । जिम्मेवारी बढिरहनेछन् तर सहयोगको आशा देखाउनेहरूबाटै धोका हुने सम्भावना छ । जीवनसाथीको स्वास्थ्यप्रति सचेत रहनुपर्ला । रसरागमा आकर्षण बढ्नेछ । मान महत्व बढ्ने समय छ ।

कर्कट

नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला, हिम्मतले काम बन्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथै आम्दानी बढ्ने समय छ । आरोग्यता रहनेछ । रसरागको भाव वृद्धि होला ।

सिंह

नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमसम्बन्धले सुखानुभूति गराउनेछ भने प्रेम विवाहमा परिणत हुने योग छ । स्वास्थ्यको लागि खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । विजयश्री मिल्नेछ ।

कन्या

गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका जुर्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि जागृत हुनेछ । परिवारजनको सहयोगले विशेष काम बन्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ रहनेछ ।

तुला

आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । विलासितामा खर्च बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

बृश्चिक

दिन मिश्रित फलदायी रहला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मान महत्व र आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । समस्या निम्तिएपनि समयले साथ दिनेछ ।

धनु

दौडधुप बढेपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रसन्न होला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने अवसर मिल्न सक्छ । साझेदारीमा पनि राम्रो फाइदा हुने योग छ । मान महत्व वृद्धि हुनेछ । टाढिएका आफन्त नजिकिएलान् ।

कुम्भ

आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । नयाँ कामको अवसर आउला, तर आलस्यले गर्दा अवसर गुम्न सक्छ, सचेत रहनुहोस् । आर्थिक कारोवार आज नगर्नु हितकर हुनेछ । नोकरीमा स्थानान्तरणको सम्भावना छ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन

बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ, तर अरूको भरपर्दा काम रोकिन सक्छ । नयाँ योजना कायाृन्वयन गर्नुछ भने आज हिम्मत गर्दा हुन्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रेमभावका साथै धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुने योगछ । भोगविलासमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट