स्वतन्त्र उम्मेदवार डकेन्द्रले बढाए ह्वात्तै मत, कसको मत कति ?-Sutra News

स्वतन्त्र उम्मेदवार डकेन्द्रले बढाए ह्वात्तै मत, कसको मत कति ?

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले मत बढाउन थालेका छन् । २७ हजार मत गणना हुँदा ६ हजार ९०१ मत पाएका छन् ।



पछिल्लो परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले ११ हजार ७८ मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले ७ हजार ३२४ मत पाएका छन् । जसअनुसार थेगिम कांग्रेस उम्मेदवार खड्काभन्दा जम्मा ४२३ मतले मात्रै पछि छन् ।

थेगिमकाे मत माङसेबुङ ३ र ५ काे मतगणनापछि ह्वात्तै बढेकाे हाे । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनकाे कुटी माङसेबुङ ५ लारुम्वामा छ । कुटी रहेको वडाबाट भने डकेन्द्रलाई एकलौटी मत गएको हाे ।

माङ्सेवुङ ५ मा डकेन्द्रले १०३२ मत पाउँदा एमालेका नेम्वाङले ६९ र कांग्रेसका खड्काले ४९ मत पाएका थिए ।

अर्काे धर्मगुरूकै प्रभाव रहेकाे माङसेबुङ ३ बाट पनि थेगिमले राम्राे मत पाएका छन् । जहाँबाट थेगिमले ६४० मत पाउँदा एमालेका नेम्वाङले ५१९ र कांग्रेसका खड्काले ११२ मत पाए । यी दुइ वडालाई यसअघिदेखि नै निकै महत्वकाे रूपमा हेरिएकाे थियाे ।

इलाम–२ जारी मतगणनाको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु भने निकै पछि छन् । २७ हजारभन्दा बढी मत गनिसक्दा लिम्बुले मात्रै १ हजार ५१२ मत पाएका छन् । पछिल्लो ट्रेण्डलाई हेर्दा इलाम–२ मा लिम्बु प्रतिस्पर्धीको हैसियतमा देखिन्नन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट