गर्मीमा बढ्छ उच्च रक्तचापको जोखिम, जान्नुहोस् कारण र बच्ने उपाय-Sutra News

गर्मीमा बढ्छ उच्च रक्तचापको जोखिम, जान्नुहोस् कारण र बच्ने उपाय

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

आजकल खराब जीवनशैली र खानपानका कारण मानिसहरु उच्च रक्तचाप जस्ता गम्भीर रोगको सिकार भइरहेका छन् । पहिले यो समस्या बढ्दो उमेरसँगै देखापर्न्थ्यो तर, अहिले सानै उमेरमा मानिसलाई यसको सिकार बनाउँदै आएको छ ।



उच्च रक्तचाप जस्ता गम्भीर रोगबारे जनचेतना फैलाउन हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ ।

रक्तचाप भनेको के हो ?

एक स्वस्थ व्यक्तिको रक्तचाप ८०/१२० हुन्छ। रक्तचापको मद्दतले धमनीमा रगत पुग्छ तर, उच्च रक्तचाप भएमा व्यक्तिको रक्तचाप ९०/१४० भन्दा माथि पुग्छ ।

यस्तो अवस्थामा शरीरमा रक्तचाप निकै बढ्छ । विज्ञहरूका अनुसार धेरैजसो अवस्थामा हाम्रो खानपान र खराब जीवनशैली नै यी सबैका लागि जिम्मेवार हुन्छ ।

उच्च रक्तचापको कारण

खराब जीवनशैली, खानपान, आनुवंशिकता र प्रदूषणका कारण उच्च रक्तचापको समस्या हुने गर्छ । यदि कुनै व्यक्तिले गतिविधि कम गर्छ वा धेरै जंक र प्रशोधित खाना खान्छ वा चुरोट र रक्सी पिउन्छ भने, उसलाई उच्च रक्तचापको सम्भावना बढ्छ।

यसका साथै, अत्याधिक तनावका कारण पनि उच्च रक्तचापको समस्या हुने गर्छ । जसले गर्दा रगतको प्रवाहमा असर पार्ने हर्मोन निस्कन्छ । जसका कारण रक्तचापको जोखिम निकै बढ्छ ।

उच्च रक्तचापको लक्षण

उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । उच्च रक्तचाप भएका बिरामीमा प्रारम्भिक लक्षण नदेखिने हुन्छ । तर यसका केही विशिष्ट लक्षणहरू छन्। जसबाट यसकाे अवस्था पत्ता लगाउन सकिन्छ ।

जसमा सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, नाकबाट रगत बग्ने, टाउको दुख्ने, छाती दुख्ने महसुस हुनु र पिसाबसँगै रगत आउनु पर्दछ । यदि तपाइँ पनि आफ्नो शरीरमा यस्ता लक्षण देख्नुहुन्छ भने, भूलले पनि बेवास्ता नगर्नुहोस्, बरु समयमै उपचार गराउनुहोस्।

उच्च रक्तचाप भएका व्यक्तिले गर्मीमा सावधानी अपनाउनुपर्छ

विश्वमा १२८ करोडभन्दा बढी मानिस उच्च रक्तचापका बिरामी छन्, जसमध्ये ४६ प्रतिशतलाई यो रोगबारे थाहा छैन।

उच्च रक्तचापलाई समयमै नियन्त्रण गर्न सकिएन भने ब्रेन स्ट्रोकको जोखिम बढ्छ र मानिसको ज्यानसमेत जान सक्छ ।

विशेषगरी उच्च रक्तचापका बिरामीले यो गर्मीमा सावधानी अपनाउनुपर्छ । किनभने गर्मीमा शरीरमा पानीको कमी हुन सक्छ, जसका कारण रगत बाक्लो हुन सक्छ ।

जुन उच्च रक्तचापको कारण बन्न सक्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट