सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु-Sutra News

सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकलाई पुर्‍याएर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना भएको छ । घटनामा नौ सैनिकको मृत्यु भएको कोलम्बियाको राष्ट्रिय सेनाले जनाएको छ ।



हेलिकप्टरको दिउँसो बेससँग सम्पर्कविच्छेद भएको र खोजी गर्ने क्रममा बोलिभर विभागको सान्ता रोजा नगरपालिका नजिकै दुर्घटनाग्रस्त भएको भेटिएको सेनाले विज्ञप्तिमा बताएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमा यस दुःखद घटनाप्रति खेद व्यक्त गर्दै सेनाले खाडी क्लानविरुद्ध कारबाही गरिरहेको बताए । गल्फ क्लानलाई कोलम्बियामा लागू औषध ओसारपसार र हत्याको आरोपमा आपराधिक समूहका रूपमा चिनिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट