इरानी राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटनामा, सवार सबैकाे मृत्यु भएकाे आशंका-Sutra News

इरानी राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटनामा, सवार सबैकाे मृत्यु भएकाे आशंका

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडाैं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर दुर्घटनामा परेकाे छ । इरानको अर्ध सरकारी समाचार एजेन्सी मेहरले हेलिकोप्टर दुर्घटना परेकाे पुष्टि गरेकाे हाे ।



सञ्चार माध्यमले रेड क्रिसेन्टलाई उर्द्धत गर्दै जनाएअनुसार दुर्घटनामा राष्ट्रपतिसहित सवार सबैकाे मृत्यु भएकाे सम्भावना छ ।

जनाइएअनुसार राष्ट्रपति राईसीसँगै हेलिकप्टरमा रहेका विदेशमन्त्री हुसेन अमिरबदुल्लाहियानसहित नाै जना सवार थिए ।

हेलिकप्टरको भग्नावशेष अजरबैजानको पहाडमा भेटिएको सञ्चार माध्यमले जनाएका छन् ।

आइतबार साँझ करिब ७ बजेतिर अजरबैजान नजिकै हेलिकप्टर बेपत्ता भएको हो । रातभर खोजी भइरहेको थियो ।

उक्त क्षेत्रमा भारी वर्षा, कुहिरो र चिसोका कारण खोजीमा कठिनाइ भएको बताइएकाे छ । यस अवधिमा तीन उद्धारकर्मी पनि बेपत्ता भएका छन् ।

सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेनसहित पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, ताब्रिजका इमाम मोहम्मद अली अलेहाशेम, पाइलट, सहचालक, चालक दल प्रमुख, सुरक्षा प्रमुख र अंगरक्षक सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट