पुजापाठ गरेर मोदीले गराए उम्मेदवारी दर्ता-Sutra News

पुजापाठ गरेर मोदीले गराए उम्मेदवारी दर्ता

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।



प्रधानमन्त्री मोदीले आज वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।

सो अवसरमा भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीको मनोनयन कार्यक्रममा उपस्थित रहेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक वाराणसीबाट चुनाव लड्दै छन् । यसपटक कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट