करोडपति प्रधानमन्त्री मोदी, कूल सम्पत्ति कति ?-Sutra News

करोडपति प्रधानमन्त्री मोदी, कूल सम्पत्ति कति ?

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथ पत्रअनुसार उनको सम्पत्ति तीन करोड भारु अर्थात झण्डै पाँच करोड नेपाली रुपैयाँ रहेको छ । यसमध्ये उनको धेरै रकम बैंकको ‘फिक्स्ड डिपोजिट’मा रहेको छ ।



प्रधानमन्त्री मोदीले मे १४ मा आफ्नो संसदीय सीट वाराणसीबाट चुनावी उम्मेदवारी दर्ता गराउँदा पेश गरेको सम्पत्ति विवरणमा उनको अचल सम्पत्ति भने देखाएका छैनन् ।

शपथ पत्रमा दिइएको जानकारीअनुसार मोदीसँग तीन करोड दुई लाख भारू नगद रहेको छ । जसमध्ये करिब दुई करोड ८५ लाख भारतीय स्टेट बैंकमा फिक्स्ड डिपोजिटमा रहेको छ ।

यसबाहेक मोदीसँग चार वटा सुनको औँठी छ । जसको मूल्य दुई लाख ६७ हजार भारू रहेको छ । गत आर्थिक वर्षमा उनले तीन लाख ३३ हजार भारु आयकर तिरेका थिए ।

निर्वाचन शपथ पत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन । सामान्यतया यसमा जग्गा र घरको विवरण दिइएको हुन्छ । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरेका छन् । सन् २०१४ को लोकसभा चुनावमा मोदीको कूल सम्पत्ति एक करोड ६५ लाख भारु देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट