आज मिथुन, बृश्चिक र मकर राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज मिथुन, बृश्चिक र मकर राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

आज मिति २०८१ जेठ ८ गते मंगलबार । सन् २०२४ मे २१ तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । कुनै नयाँ अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार राख्नुहोला । आफन्त र साथीभाइबाट सहयोग र हौसला मिल्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष

व्यस्तता वृद्धि हुनेछ । आज स्वास्थ्यसम्बन्धी सामान्य कमजोरी अनुभव भएपनि आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । उत्साह बढ्नेछ ।

मिथुन

आज आर्थिक क्रियाकलाप फलदायी रहला । तर सहयोगीहरूको भरपर्दा सबै काम नबन्न पनि सक्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा मिलेको सफलताले जाँगर बढ्ला । पराक्रम र आरोग्यता बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट

आजको दिन चुनौतीयुक्त रहला । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यसम्पादनमा नकारात्मक असर पर्न सक्छ । राम्रो अवसर गुम्न सक्ने योग छ । छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु हितकर होला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । रसरागमा भने आकर्षण बढ्नेछ । नजिकका मित्रजनको सहयोग प्राप्त हुनेछ ।

सिंह

दिन मिश्रित फलदायी रहल । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले सताइरहनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । आरोग्यता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । मंगलमय कृत्य सम्पादनको योग छ । सुख बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउने छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । नवीन प्रकारको जिम्मेवारी हात पार्ने मौका जुर्ला । यशवर्चश्व बढ्नेछ । विलासी काममा आकर्षण रहला ।

बृश्चिक

कर्मबल बढ्ने र रचनात्मक कार्यमा सफलता प्राप्त हुने दिन भएपनि आज सानातिना काममै अल्झनुपर्दा मन त्यति उल्लसित नहोला । भौतिक साधनमा पनि खराबी आउन सक्छ । स्वास्थ्य सामान्य कमजोर रहला । पढाइलेखाइमा त्यत्ति मन नजाला । आँटेको काम समयमा पूरा नहुन सक्छ । मनमा प्रेमभाव बढ्नेछ । दाम्पत्य सुख रहनेछ । आज बेकारका बस्तुमा खर्च गर्नुबाट जोगिने प्रयत्न गर्नु हितकर होला ।

धनु

आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्ने समय छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । विशेष सहयोगीहरूले भने राम्रै साथ दिनेछन् । नयाँ काम सुरु गर्ने सोच्दै हुनुहुन्छ भने राम्रै समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मान महत्व वृद्धि होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

नसोचेको ठाउबाट धन आर्जन हुने समय छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ, सावधान रहनुहोला । दौडधुपका साथै साहस बढ्ला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने समय छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । विनाकारण आरोप लाग्न सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । धैर्य राखी कार्यव्यवहार गर्ने प्रयत्न गर्नुहोला ।

मीन

अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अध्ययन तथा अध्यापनमा कमजोरी र लेनदेनमा विवाको योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा अघिपछिको भन्दा विशेष सावधानी अपनाउनुहोला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ, धैर्य राख्नुहोला । आफन्तको साथ कमै मिल्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट