हार्दिकले आईपीएलको अर्को सिजनमा पहिलो खेल गुमाउने-Sutra News

हार्दिकले आईपीएलको अर्को सिजनमा पहिलो खेल गुमाउने

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इण्डियन्सका कप्तान हार्दिक पान्ड्याले अर्को सिजनको पहिलो खेल गुमाउने भएका छन् ।



जारी सिजनमा तेस्रो स्लो ओभर रेट (निर्धारित समयभन्दा ढिलो बलिङ गरेपछि)का कारण हार्दिकलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एक खेलको प्रतिबन्ध लगाएको हो ।

गएराति लखनउ सुपर जाइन्ट्सविरुद्ध हार्दिकले तेस्रो स्लो ओभर रेट गरेका थिए । साथै, उनलाई ३० लाख भारतीय रुपैयाँ जरिवाना गराइएको छ ।

यो सिजनमा मुम्बईको खेल सकिसकेको छ । त्यसैले अर्को सिजनको पहिलो खेलमा हार्दिकले खेल्न नपाउने भएको हो ।

हार्दिकले कप्तानीमा मुम्बईले यो सिजन १० हार बेहोर्दा जम्मा चार खेलमा जित हात पारेको थियो । टोलीले यो सिजनमा रोहित शर्मालाई हटाएर हार्दिक कप्तानीको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट