कस्तो होला ‘पुजार सार्की’मा पल र प्रहरी मुठभेड ?-Sutra News

कस्तो होला ‘पुजार सार्की’मा पल र प्रहरी मुठभेड ?

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडाैं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’मा अभिनेता पल शाह मेघराज खत्रीको चरित्रमा छन् । केही दिनअघि पलले आफ्नो भूमिकाको विषयमा गुनासो धेरै गरेपछि स्पष्टीकरण दिएका थिए ।



फिल्मको ट्रेलर सार्वजनिक भएता पलको भूमिकालाई लिएर केही टीका टिपणी पनि भइरहेको थियो । उनलाई ट्रेलरमा कमै देखाइएपछि उनको भूमिका पनि फिल्ममा कम छ ? भन्ने चर्चा थियो ।

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको चरित्र झल्कने आफ्ना दुई तस्विर सार्वजनिक गर्दै अभिनेता पलले आफ्नो भूमिका गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन् । मङ्गलबार बिहानै फेसबुकमा उनी वृद्ध अवस्थामा तस्विरहरू सार्वजनिक गरेका छन् ।

जहाँ, पल र प्रहरी मुठभेड देखिएको छ । पक्राउ गर्न खोजिरहेको देखिन्छ । यो तस्विरबाट ‘पुजार सार्की’को कथा वर्तमान समयसम्म आइपुगेको अनुमान गर्न सकिन्छ । पलको फोटोलाई उनका फ्यानहरूले उत्सुकताका साथ प्रतिक्रिया दिइरहेका छन् ।

फोटो सार्वजनिक गर्दै पलले लेखेका छन्, ‘फिल्म ‘पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ। मेरो करिअरमा महत्त्वपूर्ण फिल्म सावित हुनेमा म ढुक्क छु। मैले केही दिनअगाडि पनि भनेको थिएँ कि म अर्को फिल्म ‘रावायण’को छायांकनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन। मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चार माध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडि उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनु हुनेछ भन्ने अपेक्षा लिएको छु ।’

उनले अघि लेखेका छन्, ‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्विर सार्वजनिक गरेको छु। यो तस्विरबाट तपाईंले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्विरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ ।’

साथै उनले, ‘जेठ १० गते यही बिहीबार बुद्ध जयन्तीको दिनदेखि हल हलमा नै भेटौँ है’ भन्दै हलमा दर्शकलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट