आकस्मिक बाढीले पचास जनाको मृत्यु-Sutra News

आकस्मिक बाढीले पचास जनाको मृत्यु

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा ५० जनाको ज्यान गएको प्रान्तीय प्रहरीले जनाएको छ ।



“शुक्रबार बाढीका कारण घोर प्रान्तका पचास जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्,” घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले एक विज्ञप्तिमा भने ।

“बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ, बाढीले हजारौँ गाईवस्तु पनि मरेका छन्, सयौँ हेक्टर कृषि योग्य जमिनमा क्षति, सयौँ पुल र हजारौँ रुखहरू नष्ट भएका छन्,” उनले थपे ।

प्रान्तभित्रका प्रमुख सडकहरू “पूर्ण रूपमा अवरुद्ध” भएका थिए । विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट