टी २० शृङ्खला- नेपाल र वेष्ट इण्डिज एबीच अन्तिम खेल हुँदै-Sutra News

टी २० शृङ्खला- नेपाल र वेष्ट इण्डिज एबीच अन्तिम खेल हुँदै

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा हुँदै छ ।



पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेष्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेष्ट इण्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

चार खेल सकिँदा वेष्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो

गत बिहीबारको खेलमा वेष्ट इण्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट