सडकबाट जिप खस्दा दुई जनाको मृत्यु, एक घाइते-Sutra News

सडकबाट जिप खस्दा दुई जनाको मृत्यु, एक घाइते

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका ६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो ।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा बाराको निजगढ नगरपालिका ६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट