आज मिथुन, बृश्चिक र कुम्भ राशीको दिन शुभ, के भन्छ राशिफल ?-Sutra News

आज मिथुन, बृश्चिक र कुम्भ राशीको दिन शुभ, के भन्छ राशिफल ?

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

आज मिति २०८१ वैशाख २२ गते शनिबार । सन् २०२४ मे ४ तारिख । नेपाल सम्बत ११४४ चौलागा एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः२२ बजे भयो भने सूर्यास्त साँझ ६ः३९ बजे हुनेछ । अब सुरू गराैँ आजको राशिफलः



मेष

सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । हुलमुलमा धनमाल हराउने योग रहेकोले सचेत रहनु हितकर होला । मनोरञ्जनमा अलमलिनाले लक्ष्यप्राप्तिमा व्यवधान पुग्ला । कर्मबल बढ्नेछ । आमोदप्रमोदको भाव वृद्धि हुने दिन छ ।

बृष

काममा बाधा हुने र खर्च बढ्ने समय छ । मेहनतअनुसार फाइदा कमै होला । समयमा होसियार बन्न नसक्दा काम बिग्रन सक्छ, तथापि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । परिवारिक सुखको माहोल पैदा होला । आफन्तको साथ मिल्नेछ ।

मिथुन

आजको दिन ब्यापार ब्यवसायमा लाभ मिल्नुका साथै नसोचेको ठाउँबाट धन प्राप्ति हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पराक्रम, आरोग्यता, बौद्धिकता र रचनात्मकता बढ्नेछ । मान पुरस्कार प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । माइलो यात्रा गर्ने अवसर जुट्नेछ भने दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरूको भरपर्दा काम बिग्रन सक्छ, सचेत रहनुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहला । स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । मित्रजनको साथले हौसला वृद्धि होला ।

कन्या

आफ्नै कमजोरीले विवादमा परिने समय छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । व्यस्तता बढ्नेछ । सन्तानपक्षको सुख प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला

व्यस्तता बढ्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुने योग भएपनि मौकाको फाइदा उठाउन नसकिएला । आज सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ, सचेत रहनुहोला । बाध्यताले अलमल्याउन सक्छ । दायित्वप्राप्ति हुनेछ भने धर्मकर्ममा आकर्षण बढ्नेछ । परिवारिक सुख वृद्धि होला । आजको दिन योजना र बजेट बनाएरमात्र कार्य गर्नु हितकर होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । स्वास्थ्यगत समस्याले भने सताउने देखिन्छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । शत्रु र रोगबाट छुटकारा मिल्ला । मुद्दा–मामिलामा विजयी भइनेछ । आरोग्यता वृद्धि हुनेछ । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

व्यापारमा फाइदा हुने र आयआर्जनका स्रोत वृद्धि हुने समय छ । तथापि, विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

मीन

पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । आयआर्जन राम्रै हुनेछ भने अतिथिका रूपमा सम्मान समेत मिल्ने योग छ । तथापि, नयाँ योजना कार्यान्वयनमा ल्याउन केही कठिनाइ हुनेछ । आफन्तजनको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट