आज बृषलाई चुनौतीपूर्ण-कर्कटको दिन शुभ, अन्य राशीको दिन कस्तो ?-Sutra News

आज बृषलाई चुनौतीपूर्ण-कर्कटको दिन शुभ, अन्य राशीको दिन कस्तो ?

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

आज मिति २०८१ जेठ २ गते बुधबार । सन् २०२४ मे १५ नेपाल । सम्बत ११४४ बछलाथ्व अष्टमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४५ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन पराक्रम, शुभता र आरोग्यता वृद्धि होला । रोकिएका काम अघि बढ्ने छन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परिवारमा भने सामान्य असमझदारी बढ्न सक्छ । स्वास्थ्य सबल रहनेछ र लाभदायक कार्यसिद्धिको योग छ । इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

बृष

दिन केही चुनौतीयुक्त रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइ लेखाइमा पनि त्यत्ति मन जाने छैन । लगानीअनुसारको लाभ मिल्ने देखिन्न । कतै छलछाममा पर्ने सम्भावना रहेकोले विशेष सचेतनाको आवश्यकता छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ भने तपाईंको कामले धेरैको मन लोभ्याउन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

आरोग्यता, बौद्धिकता र रचनात्मकता बढ्ने समय छ । शत्रुपक्ष परास्त हुनेछ भने यात्रागत कार्यले सार्थकता पाउला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठनपाठनमा पनि प्रगति होला । काम बिग्रने डरले मनभित्र कताकता डर भए पनि गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्ने छ । न्यायिक, कानूनी वा प्रतियोगितात्मक याकलापमा विजय प्राप्त होला ।

कर्कट

रोकिएको काम बन्ने र प्रतिष्पर्धीमाथि विजय मिल्ने दिन छ । तथापि, अरूका विषयमा चासो लिँदा विवादमा परिने सम्भावना छ । असावधानीले अनावश्यक रूपमा धन खर्च हुन सक्छ । टाढिएका आफन्तहरू नजिकिने छन् । हाँसखेल तथा मनोरञ्जनपूर्ण कार्यमा मन आकृष्ट होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुने योग छ । आरोग्यता रहनेछ ।

सिंह

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकाले सावधान रहनुहोला । अनावश्यक दौडधुपमा समय बित्ने दिन छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्ने छ । निकटका मित्रजन सहयोगी बनेर देखापर्नेछन् । कलात्मक काममा सफलता मिल्ने छ । पारिवारिक सुख रहने छ ।

कन्या

कर्मबल बढे पनि व्यावसायिक काममा पनि समस्या आउन सक्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा पनि विवाद होला । तथापि, रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने छन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ, सचेत रहनुहोस् । आत्मीयजनसँग भेटघाट होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु पर्ने दिन छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।

तुला

समय शुभदायी छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । भौतिक साधनसँग सम्बन्धित समस्या पैदा भएपनि कामको गति रोकिनेछैन । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । आरोग्यता बढ्ने छ । विलासी काममा आकर्षण रहने छ ।

बृश्चिक

दौडधुप बढे पनि समय मनोरन्जनपूर्ण रहला । टाढाको यात्रा पनि हुनसक्ने दिन छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउने योग छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने छन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आर्थिक लाभको सम्भावना प्रवल छ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहला । योजना र बजेट बनाएर मात्र अघि बढ्दा सुख सन्तोष मिल्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु

प्रेमभाव बढ्नेछ र मान महत्वमा बढोत्तरी हुने दिन छ । काममा थप जाँगर पलाएर आउने छ, ब्यापार ब्यवसायमा फाइदा नै होला । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

श्रमको समुचित मूल्यांकन नहुने र आम्दानीमा असर पर्ने सम्भावना छ, सचेत रहनुहोला । केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । चुनौतीका बाबजुद मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नु हुनेछ ।

कुम्भ

दिन चुनौतीपूर्ण रहेको छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ भने समस्या थपिन सक्छन् । सानातिना काममा समय बित्ने योग छ । उद्योग व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि, दह्रिलो आत्मबलको कारण जटिल काम सम्पादन हुनेछ । कतैबाट शुभ समाचार प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

ब्यस्तता बढे पनि आरोग्यता र अनुकुलता रहला । मंगलमय एवम् परोपकारजन्य कृत्य सम्पादन गर्ने समय छ । तपाईंको विचारलाई धेरैले कदर गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्ने छन् । धार्मिक यात्राको योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । लेखन प्रकाशनसँग सम्बन्धित कामले सार्थकता पाउला । साझेदारीको काम पनि बन्नेछ । सुख विलासमा मन आकृष्ट होला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट