आज कर्कट, तुला र धनु राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज कर्कट, तुला र धनु राशीलाई लाभैलाभ, तपाईंको दिन कस्तो ?

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

आज मिति २०८१ जेठ ३ गते बिहीबार । सन् २०२४ मे १६ तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व नवमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १४ बजे भयो भने सूर्यास्त साँझ ६ बजेर ४६ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

पराक्रम बढ्ने छ । विस्तारै कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् भने परिवारजनको साथले नयाँ आशा पलाउने छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्ने छ ।

बृष

आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउन सक्छ । विलासितामा धन खर्च हुने योग छ । स्वास्थ्य सामान्यरूपले कमजोर नै रहला, ध्यान राख्नुहोला । रसरागको भावना वृद्धि हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला ।

मिथुन

आजको दिन अर्थ अभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । सहयोगीजनले राम्रै साथ दिनेछन् । चाहेमा रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आरोग्यता वृद्धि हुनेछ । मान महत्व बढ्ने छ ।

कर्कट

दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रै फाइदा होला । आय आर्जनका स्रोत बढ्ने छन् । आजको दिन काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनु होला । रसरागमा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्ने छ ।

सिंह

कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । स्वास्थ्य त्यत्ति अनुकुल नरहन सक्छ । यसका बाबजुद श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने छ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्ने योग छ ।

कन्या

कर्मबल बढ्ने छ तर आज परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला

भाग्यबल बढ्ने छ । आज व्यावसायिक काममा खर्च बढ्ने छ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनु होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने योग छ । तर सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनु होला ।

बृश्चिक

दौडधुप बढ्ने छ तर रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने योग छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्ने छन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान राख्नु होला । रसरागमा रुचि रहला । शुभ समाचार प्राप्त हुनेछ ।

धनु

हिम्मतले काम बनाउन सकिने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । पढाइ लेखाइमा समय दिन नसकिए पनि वित्तादि लाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । दाम्पत्य सुख बढ्ने छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रामा सफलता हातपर्ला । मिठो भोजन प्राप्त गर्नु हुनेछ ।

मकर

तपाईंका विरोधि तथा कुरा काट्नेहरू सक्रिय रहनसक्ने समय छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला । स्वास्थ्य कमजोर रहनाले नियमित काममा असर पर्न सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आजको दिन विवादबाट बच्न विशेष प्रयत्न गर्नुहोला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । प्रतिकुलताका बाबजुद आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । आज मान सम्मानमा ठेस पुग्ने योग रहेकोले व्यवहारमा संयमताको आवश्यकता छ । मित्रजनको साथ मिल्ने छ । सन्तानसुख बढ्ने छ ।

मीन

व्यस्तता बढे पनि सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । भोगविलासमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट