टी-२० विश्वकप खेल्न भारतीय टोली सार्वजनिक, चार खेलाडी भए आउट-Sutra News

टी-२० विश्वकप खेल्न भारतीय टोली सार्वजनिक, चार खेलाडी भए आउट

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

काठमाडौं । टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्नका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा टोलीको घोषणा गरेको हो ।



टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेष्ट इण्डिजमा हुँदैछ । प्रभावशाली खेलाडी विराट कोहलीलाई पनि विश्वकप टोलीमा समावेश गरिएको छ । यसअघि कोहलीको विषयमा बीसीसीआई अन्यौल व्यक्त गरेको थियो ।

भारतीय टोलीमा यशस्वी जैसवाल, सूर्यकुमार यादव, ऋषभ पन्त र सञ्ज सामसनले आफ्नो स्थान बनाउन सफल भएका छन् । सामसन र ऋषभले जारी इण्यिन प्रिमियर लि (आईपीएल)गमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

विश्वकपका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्ज सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज छन् ।

टोलीबाट शुभमन गिल, रिंकु सिंह, खलिल अहमद र आवेश खानलाई रिजर्वमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट