बालेनको चेतावनी- सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन-Sutra News

बालेनको चेतावनी- सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सिंहदरबारदेखि कुनै पनि नेताहरूको घरबाट निस्किएको फोहोर नउठ्ने बताएका छन् । मेयर साहले महानगरपालिकाकाे फोहोर बोक्ने टिप्परका चालकलाई समाएको घटनापछि सामाजिक सञ्जालमार्फत यस्ताे भनेका हुन्  ।



‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ, यो सरकारले,’ उनले भने, ‘जबसम्म ससम्मान चालक रिहा हुनन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन ।’

सोमबार नयाँ बानेश्वरमा काठमाडौं महानगरका चार जना टिप्पर चालक टिप्परसहित समातिएका थिए । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ट्राफिक प्रहरी कार्यालय, काठमाडाैंले नियम उल्लंघन गरेकाे भन्दै उनीहरूलाई समातेकाे थियाे ।

तर, मेयर साहले भने उक्त घटनामा संघीय सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

उनले यसअघि पनि फोहोर व्यवस्थापनमा सहयोग नगरेको कारण देखाउँदै सिंहदरबारको फोहोर उठाउन रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट