तेस्रो अभ्यास खेलमा नेपाल भारी रनले पराजित-Sutra News

तेस्रो अभ्यास खेलमा नेपाल भारी रनले पराजित

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१

काठमाडौं । आफ्नो तेस्रो अभ्यास खेलमा नेपाली टोली विनवार्ड्स भोलक्यानोजसँग भारी रनले पराजित भएको छ ।



पहिलो र दोस्रो खेल जितेर शृङ्खला हात पारेको नेपाल शनिबार राति भएको तेस्रो खेलमा विनवार्ड्ससँग ६७ रनले पराजित भएको हो ।

२०६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमै सिमित बन्यो । नेपालका लागि कप्तान रोहित पौडेलले तीन चौका र चार छक्काको मद्दतमा ३६ बलमा ५३ रन बनाए ।

ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले रन जोड्न सकेनन् । विनवार्ड्सका डैरोन नेड र कभेम होजले तीन तीन तथा निकलस रेडहेड र डीन ब्राउनले दुई दुई विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २०५ रन बनाएको थियो ।

नेपालका कमलसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट