

काठमाडौं । उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछाने क्रिकेटको अभ्यासमा फर्किएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेसँगै उनी राष्ट्रिय टोलीमा परेका छन् । टी–२० विश्वकप खेल्न नेपाली टोलीमा परेसँगै उनी अभ्यासमा फर्किएका हुन् ।
शनिबार त्रिवि क्रिकेट मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरेका हुन् । उनको अभ्यास हेर्न क्यानका सचिव पारस खड्कासमेत पुगेका थिए ।