एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी २० को उपाधि-Sutra News

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी २० को उपाधि

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी २० को उपाधि जितेको छ ।



एपीएफले शनिबारको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको थियो । सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगे पनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो ।

कविता जोशी १९ औँ ओभरमा तीन छक्कासहित २३ रन बनाएकी थिइन् । तर, अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट