सुनको मूल्य ह्वात्तै गिरावट, आज कतिमा हुँदैछ कारोबार ?-Sutra News

सुनको मूल्य ह्वात्तै गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य भारी गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले गिरावट भएको हो ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मूल्यमा भारी गिरावट भएसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक ३४ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्यमा पनि प्रतितोला २७ सय रुपैयाँले गिरावट हुँदै एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट