गृहमन्त्रीको अधिकांश सम्पत्ति श्रीमतीको नाममा, काठमाडौंमा ११ रोपनी जग्गादेखि ८० तोला सुनसम्म-Sutra News

गृहमन्त्रीको अधिकांश सम्पत्ति श्रीमतीको नाममा, काठमाडौंमा ११ रोपनी जग्गादेखि ८० तोला सुनसम्म

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा भक्तपुरमा १७ आना जग्गा देखाएका छन् ।



यस्तै, ग्लोबल आइएमई बैंकमा पाँच हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार रुपैयाँ मात्र लामिछानेले चल सम्पत्तिका रुपमा रहेको छ ।

यस्तै, उनकी श्रीमती निकिता पौडेलको नाममा माइतीको पनि रहेको १० रोपनी जग्गा, ८० तोला सुन, २५ केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् ।

उनले घर किन्न एक करोड ५० लाख ऋण रहेको उल्लेख छ । निकिता र रविको आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट