कोइला खानीमा दुर्घटनामा पाँच जनाको मृत्यु-Sutra News

कोइला खानीमा दुर्घटनामा पाँच जनाको मृत्यु

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१
Shanghai urban skyline and the bund, China.

काठमाडौं । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोइलाखानी कम्पनी स्रोतले जनाएको छ ।



कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूहअन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो ।

दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट