सुरेन्द्र र सुसनले गरे सर्वाधिक उचाईमा नृत्य-Sutra News

सुरेन्द्र र सुसनले गरे सर्वाधिक उचाईमा नृत्य

मंगलबार, ८ जेष्ठ २०८१

मंगलबार, ८ जेष्ठ २०८१

काठमाडौं । गिनिज बुक अफ अफ दी रेकर्डसमा जो कोही नाम लेखाउन चाहन्छन् । यस्तैमा कोरियोग्राफरद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा हालैमात्र सर्वाधिक उचाईमा कोरियोग्राफी (नृत्य) गरेका छन् ।



गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि यसअघि सन् २०२२ को नोभेम्बर १७ मा सोलुखुम्बुस्थित कालापत्थरमै डान्सर छिरिङ शेर्पा र जेडी तमुले ५ हजार २७८ मिटर उचाईमा कीर्तिमान कायम गराएका थिए । उनीहरुले ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड पेयर’ विधामा रेकर्ड राखेका थिए ।

यता सुरेन्द्र र सुसनले गायक दीपक बज्राचार्यको चर्चित गीत ‘मन मगन’मा दुई मिनेट ३० सेकेण्ड नृत्य गरेका छन्। उनीहरुले गत आइतबार ५ हजार ४ सय ३८ मिटरको उचाईमा जोडी नृत्य गरेका हुन् । उक्त टोलीमा फोटोग्राफर सौगात कार्की र भिडियोग्राफरद्वय उमेश सापकोटा तथा सोनम केसी थिए ।

आठ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहरण गरेर गिनिज वल्र्ड रेकर्डर बनेका सानु शेर्पा विशेष अतिथीका रुपमा सुरेन्द्र र सुसनको नृत्यको साक्षी बनेका थिए ।

खराब मौसमको बाबजुद पनि २०-२५ जना दर्शकको उपस्थितिमा उनीहरुले आधिकारिक गिनिज वल्र्ड रेकर्डको लागि नृत्य गरेका थिए । सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन् । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरुले कार्यक्रम गरेका थिए ।

सुरेन्द्र र सुसनका अनुसार कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाणहरु गिनिजको लण्डन मुख्यालयमा पठाइनेछ । त्यो प्रमाण स्वीकृत भएपछि गिनिज हेडक्वार्टरले रेकर्डको आधिकारिक घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट