पुरूषमा देखिने यस्ता ४ समस्या काजु खाए हुन्छ ठिक-Sutra News

पुरूषमा देखिने यस्ता ४ समस्या काजु खाए हुन्छ ठिक

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

पुरुषलाई काजू खाँदा धेरै फाइदा हुन्छ । यसले उनीहरूको प्रजनन क्षमता बढाउँछ र टेस्टोस्टेरोन स्तरमा पनि सुधार गर्छ। काजूमा कार्बोहाइड्रेट, प्रोटिन जस्ता पोषक तत्व प्रशस्त पाइन्छ ।



स्वस्थ रहन सुख्खा फलफूल खाने सल्लाह दिइन्छ । पुरुषहरूले आफ्नो दैनिक आहारमा नट समावेश गर्नु उत्तम हुन्छ । बदाम, किसमिस वा खजूर, पिस्ता धेरै फाइदाजनक हुन्छ तर, आज हामी तपाईलाई काजूका फाइदाहरू बताउन गइरहेका छौं । जसले धेरै प्रकारका समस्याहरूमा औषधीको रूपमा काम गर्छ।

विशेषगरी पुरूषहरूमा देखिने स्वास्थ्य समस्या काजुकाे महत्वबारे यहाँ हामी चर्चा गर्दैछाैं ।

प्रजनन क्षमता बढाउन

पुरुषले हरेक दिन काजू खाएमा प्रजनन क्षमता बढ्छ । यसमा पाइने पौष्टिक तत्व उनीहरुको स्वास्थ्यका लागि आवश्यक हुन्छ । यसले प्रजनन वा सम्बन्धित समस्याहरूबाट बच्न मद्दत गर्न सक्छ।

टेस्टोस्टेरोन पुरुषहरूमा पाइने एक धेरै महत्त्वपूर्ण हार्मोन हो। यसको स्तर घटेमा प्रजनन क्षमतामा असर पर्न सक्छ। त्यसैले आहारमा काजू खान आग्रह गरिन्छ । काजूमा सेलेनियम पनि पाइन्छ, जसले पुरुषमा टेस्टोस्टेरोनको मात्रा बढाउन मद्दत गर्छ।

मुटुकाे रक्षाका लागि

काजूले पुरुषलाई मुटुसँग सम्बन्धित धेरै रोगबाट बचाउन सक्छ । यसले उनीहरुको मुटुको स्वास्थ्य सुधार्न काम गर्छ । दैनिक काजू खाँदा रक्तचाप र कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा रहन्छ । यसो गर्दा मुटु रोगबाट बच्न सकिन्छ । तर, तपाईलाई पहिलेदेखि नै मुटुसम्बन्धी कुनै रोग छ भने डाक्टरको सल्लाह लिएर मात्र काजू खानुहोस् ।

शरीरकाे मजबुदीका लागि

यदि पुरुषले हरेक दिन काजू खाएमा धेरै प्रकारको दुखाइ र सुन्निने समस्याबाट राहत पाउन सकिन्छ । यदि तपाईलाई शरीरको कुनै अंग दुख्ने वा सुन्निने समस्या छ भने काजू फाइदाजनक हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ, जसका कारण घाउहरू समेत हट्छ।

पर्याप्त क्यालाेरीका लागि

यदि कुनै पुरुषको शरीर पातलो छ र धेरै प्रयास गर्दा पनि सुधार भइरहेको छैन भने उसको आहारमा काजू समावेश गर्नुपर्छ । काजूमा क्यालोरी, फ्याट र कार्बोहाइड्रेट प्रशस्त पाइन्छ, जसले तौल बढाउन निकै सहयोगी हुन्छ । हरेक दिन काजू खाँदा तौल बढ्न सक्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट