तीव्र गतिमा बढ्दै डिप्रेशनकाे समस्या, कसरी बच्ने र बचाउने ?-Sutra News

तीव्र गतिमा बढ्दै डिप्रेशनकाे समस्या, कसरी बच्ने र बचाउने ?

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

मानसिक स्वास्थ्य आजको सबैभन्दा ठूलो चुनौती हो। यसबारे जानकारी नहुँदा अधिकांश मानिसहरू अनजानमा लापरवाह हुन्छन्, जसका कारण यो समस्या लामो समयसम्म रहन्छ र डिप्रेसनको रूप लिन्छ।



डिप्रेसन एकदमै सामान्य मानसिक समस्या भएतापनि यसको समयमै उपचार गरिएन भने यो घातक पनि हुनसक्छ ।

चिकित्सकहरुका अनुसार मस्तिष्कमा सेरोटोनिन हर्मोन कम भएमा डिप्रेसनको समस्या हुन्छ । डिप्रेसनबाट प्रभावित व्यक्तिको व्यवहार परिवर्तन हुन थाल्छ। कुनै पनि काम राम्ररी गर्न नसक्ने र सधैं एक्लै बस्न रुचाउँछ। यसलाई डिप्रेसनको अन्तिम चरण मानिन्छ, जुन निकै खतरनाक हुन्छ।

अन्तिम चरण कति खतरनाक छ ?

मनोचिकित्सकका अनुसार अत्याधिक कामको तनाव वा कुनै दुखद घटनाका कारण मानिस डिप्रेसनमा पर्न सक्छ । सुरुमा उसको व्यवहार परिवर्तन हुन्छ, पहिलेको जस्तो केही गर्दैन। उसको आफुसँगको लगाव पनि कम हुन थाल्छ । यस समयमा उसको अवस्थाको ख्याल गरिएन भने उसको मानसिक स्वास्थ्य बिग्रन थाल्छ र उ अन्तिम चरणमा पुग्न सक्छ ।

डिप्रेसनको अन्तिम चरणमा सोच्ने र बुझ्ने क्षमतामा ह्रास आउँछ । आफूमाथि नियन्त्रण रहँदैन। यस्तो अवस्थामा मानिसले आफूलाई हानि पुर्‍याउन सक्छ । यति मात्र होइन आत्महत्या पनि गर्न सक्छ ।

आत्महत्याको प्रमुख कारण नै डिप्रेसन

स्वास्थ्य विज्ञहरूका अनुसार विश्वभर आत्महत्याको सबैभन्दा ठूलो कारण डिप्रेसन बनेकाे छ । यस्तो अवस्थामा व्यक्तिले आफूलाई बेकार ठान्दछ । धेरै वर्षसम्म मानसिक रोगसँग संघर्ष गरेपछि उसमा पूर्ण आशा हराउँछ, उसले जीवनको अर्थ बुझ्दैन र आत्महत्या गर्छ।

उपचार के ?

डिप्रेसनको उपचार निकै सजिलो हुने चिकित्सकहरु बताउँछन् । तर, यसलाई रोगका रूपमा लिएर चिकित्सकको उचित सल्लाह लिनुपर्छ ।

यदि डिप्रेसनका लक्षणहरू देखिएमा, तपाईंले आफ्नो नजिकका व्यक्तिहरू अर्थात् परिवार वा साथीहरूसँग कुरा गर्नुपर्छ। तपाईंले आफ्नो मानसिक समस्याहरू उनीहरूसँग साझा गर्नुपर्छ। डाक्टरसँग परामर्श र औषधि लिनुपर्छ, आवश्यक उपचार गर्नुपर्छ। यसबाट डिप्रेसन हटाउन सकिन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट