नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम चार अर्ब बढी-Sutra News

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम चार अर्ब बढी

बिहिबार, ३ जेष्ठ २०८१

बिहिबार, ३ जेष्ठ २०८१

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से शून्य दशमलव ७९ अंकले वृद्धि भई दुई हजार १८ दशमलव ७६ मा पुगेको छ ।



आज कूल ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर चार अर्ब २३ करोड ३८ लाख मूल्यमा कारोबार भएको छ । जसमा हिमालयन लघुवित्त, जाल्पा सामूदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

स्वाभिमान लघुवित्त नौ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।

माण्डु हाइड्रोपावर पाँच दशमलव ७६, पिपल्स पावर पाँच दशमलव २६, नेपाल फाइनान्स चार दशमलव १२, एभरेष्ट बैंक तीन दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट