इलाम–२ अपडेट : मतान्तर बढाउँदै डम्बर, पछ्याउँदै सुहाङ-Sutra News

इलाम–२ अपडेट : मतान्तर बढाउँदै डम्बर, पछ्याउँदै सुहाङ

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको रिक्त इलाम–२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणाममा नेपाली कांग्रेसका उम्मेदवार डम्मरबहादुर खड्काले नै अग्रता कायम गरेका छन् ।



पछिल्लो परिणामअनुसार कांग्रेस उम्मेदवार खड्काले १७३० मत ल्याएका छन् । मत परिणामअनुसार खड्कालाई एमाले उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले खड्काले भन्दा ५० मत कम १६८० मत पाएका छन् ।

पछिल्लो परिणामअनुसार इलाम–२ मा नेपाली कांग्रेस र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वपा उम्मेदवार मिलन लिम्बुबीच भने तेस्रोको लागि प्रतिस्पर्धा भइरहेको देखिन्छ ।

पछिल्लो परिणामअनुसार डकेन्द्रसिंहले ५०५ मत पाउँदा मिलनले ४९५ मत पाएका छन् । पछिल्लो परिणामअनुसार मिलनले मतान्तर घटाउँदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट