गायिका शान्ती श्री परियारले दुर्घटनाबाट जोगाइ दिएको भन्दै दिइन् धन्यवाद-Sutra News

गायिका शान्ती श्री परियारले दुर्घटनाबाट जोगाइ दिएको भन्दै दिइन् धन्यवाद

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । लोकप्रिय लोकगायिका शान्ति श्री परियारले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भावुक पोस्ट लेखेकी छन् । उनले ठूलो दुर्घटनाबाट जोगाएर आफुलाई नयाँ जिवन दिएको भन्दै यति एयरलान्सका क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिइएकी छिन ।



सोमबार भैरहवाबाट काठमाडौँका लागि उडेको यति एयरको जहाज खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सोही घटनालाई लिएर गायिका परियालले चन्दलाई धन्यवाद दिएकी हुन् ।

गायिका परियालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द । प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्य भन्दा फरक ठाउँमा अवतरण भयो तर, सबैलाइ नयाँ जिवन त दिनु भयो नि ।’

पछिल्लो समय लोकगीतलाई सम्झने बित्तिकै गायिका परियार अग्रपंक्तिमा पर्छिन् । उनले आवाज भरेका अधिकांश गीतहरु युट्युबको ट्रेन्डिङमा पर्छन् । हिले उनलाई गीत रेकर्डिङ गर्न, देश तथा विदेशका स्टेज कार्यक्रमहरु प्रस्तुति दिन भ्याइनभ्याइ नै छ । उनको आवाज दर्शक तथा स्रोताले अत्यधिक रुचाइरहेका छन् भने उनको क्रेज पनि बाक्लो छ ।

कलाकारिताको शुरुवाती चरणदेखि आजको समयसम्म आइपुग्दा गायिका विष्णु माझी सरह नै उनले आफ्नो क्रेज बनाउन सफल भएकी छिन् । यतिबेला उनको सुमधुर आवाजले लोक संगीतमा छलाङ नै मारिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट