लामो पर्खाइपछि नेप्सेमा उत्साह, कारोबार रकम पनि ह्वात्तै बढ्यो-Sutra News

लामो पर्खाइपछि नेप्सेमा उत्साह, कारोबार रकम पनि ह्वात्तै बढ्यो

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१

काठमाडौं । लामो समयपछि शेयरबजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार ४५.६९ अंकले बढ्दै २०६४.४५ को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार २.२६ प्रतिशतले बढेको छ ।



स्टक एक्सचेन्जका अनुसार यस दिन सर्वाधिक बीमा क्षेत्रमा उत्साह छायो । जीवन बीमा उपसूचक ४.३८ प्रतिशतले बढ्दा निर्जिवन बीमा उपसूचक ३.८१ प्रतिशतले बृद्धि भयो ।

लामो समयपछि बैंकिङ्ग क्षेत्रमा पनि उत्साहपूर्ण बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार यस दिन बैंकिङ्ग क्षेत्र २.६३ प्रतिशतले उक्लिएको छ । सँगै अन्य उपसूचक पनि २.७६ प्रतिशतले बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

उत्साह ल्याउने गरी बढेको बजारमा कारोबार पनि उत्साहपूर्णरुपमा बृद्धि भएको छ । आइतबार एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको भएको स्टक एक्सचेन्जले जनाएको छ । जुन केही महिना यताकै उच्च कारोबार हो ।

यस दिन सिइडिबी हाइड्रोपावर डेभपलवमेन्ट कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री भएको स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार यस दिन सिइडिबी हाइड्रोपावरको काराेबार रकम १४ करोड ८० लाख रुपैयाँ बराबरको भएको छ ।

यस दिन सिइडिबी हाइड्रोपावरसँगै हिमालयन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रो फाइनान्स, पोखरा फाइनान्सलगायतका कम्पनीको शेयर कारोबार उच्च भएको छ ।

नाेट : यसअघि अन्यथा भएकाेमा सच्चाइएकाे छ ।संं

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट