‘लण्डन टु पेरिस’को ‘चाहान्छु यो माया’मा त्रिकोणात्मक प्रेम-Sutra News

‘लण्डन टु पेरिस’को ‘चाहान्छु यो माया’मा त्रिकोणात्मक प्रेम

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । जेष्ठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लण्डन टु पेरिस’को दोस्रो गीत सार्वजनिक भएको छ ।



घनश्याम लामिछाने निर्देशित फिल्मको रोमान्टिक गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको हो । जसमा साम्राज्ञी साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का र गरिमा शर्माबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।

सार्वजनिक गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द रचना अनि संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

यो फिल्ममा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् । फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट