सलोन र करिश्मालाई पुत्रीलाभ-Sutra News

सलोन र करिश्मालाई पुत्रीलाभ

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । नायक सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीले सन्तान लाभ गरेका छन् । बस्नेत दम्पतीले बुधबार बिहान मेडिसिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरी लाभ गरेका हुन् ।



आज मातातिर्थ औँसिको दिन सवैले आफ्नो आमाको मुख हेरीरहेको समयमा सलोन र करिस्माकी छोरीले पनि यो सुन्दर धर्तिमा कदम राखेकि छन् । करिश्माले आज बिहान सवा ८ बजे छोरीलाई जन्म दिएको निर्देशक तथा सलोनका पिता शोभित बस्नेतले जानकारी दिए । साथै, उनले आमाको मुख हेर्ने दिनमा छोरी आमाको मुख हेर्न आई पुगेकि छिन् भन्दै निर्देशक तथा सलोनका पिता शोभित बस्नेतले खुसी व्यक्त गरेका छन् ।

शोभितले भने, ‘आमाको मुख हेर्ने दिनमा छोरी आमाको मुख हेर्न आइपुगेकी छिन् । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ । हामीले अहिलेसम्म बच्चा हेर्न पाएका छैनौं । अब, केही छिनमा हेर्छौ ।’

नातीनीलाई काखमा बोकेको दुई वटा तस्विर पनि उनले सामाजिक संजाल मार्फत सेयर गरिसकेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘हजुर बा ले भनेथे औला भाची गनेथे नातिनी लाई कुन चाहिँ ………..’

उनका अनुसार भोलि सम्म करिस्मालाई डिस्चार्ज गर्ने तयारी रहेको पनि जानकारी प्राप्त भएको छ ।

विगत केहि वर्ष देखि प्रेममा रहेका सलोन र करिश्माले गतबर्षको मंसिर १२ गते विवाह गरेका थिए । आमा बन्ने खबर उनीहरुले केही महिना अगाडि नै सार्वजनिक गरेका थिए । यसपछि, उनीहरुको फोटोसुट पनि चर्चामा रह्यो ।

करिस्मा गर्भवति भएसँगै पाँच महिनादेखि कुनै फिल्म नगरेका सलोन अव भने फिल्म राजमहल, युनिभर्सिटीज् अफ गुण्डाजमा ब्यस्त हुँदैछन् । करिश्मा पेशाले विमान परिचारिका अर्थात् एयर होस्टेस हुन् ।

नोट : तस्बिरमा अन्यथा भएकोले सच्याइएको छ । सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट