कृत्रिम आँखा राखेसँगै मेनुकाले चस्मा लगाउन नपर्ने-Sutra News

कृत्रिम आँखा राखेसँगै मेनुकाले चस्मा लगाउन नपर्ने

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ ।



केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकारको समूहले उनको कृत्रिम आँखा राखेको हो । तर, उनले देख्न भने सक्दिनन् ।

चस्मा खोलेर बाहिर हेर्दा आँखा राम्रो देखियोस् भनेर मात्र कस्मेटिक प्रोथेस्टिक राखिएको हो । पछिल्लो समय इण्डियन आइडलको टप १० सम्मको यात्रा तय गरेसँगै उनको चर्चा भएको थियो ।

नेपाल आइडलपछि नेपाली गीतमा स्वर दिएकी उनले इण्डियन आइडलको यात्रा पनि सुखद बनेको थियो । भारतका चर्चित हस्तीहरूबाट संगीतकी देविको ट्याग पाएकी उनले ‘सलार’मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट