आज डीभीको रिजल्ट सार्वजनिक हुने, यसरी हेर्नुहोस् नतिजा-Sutra News

आज डीभीको रिजल्ट सार्वजनिक हुने, यसरी हेर्नुहोस् नतिजा

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) २०२५ को रिजल्ट सार्वजनिक हुने भएको छ । डीभीको रिजल्ट आज राति आउने भएको हो ।



अमेरिकी दूतावासका अनुसार मे ४ अर्थात आज राति ९ बजे रिजल्ट सार्वजनिक हुने भएको हो ।

यसअघि डीभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जनाएको छ ।

डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसबाट डिभी परे नपरेको थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट