प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित-Sutra News

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर, २ बजेका लागि पनि बोलाइएको बैठक आइतबारसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।



सभामुखको सचिवालयले जनाएअनुसार आइतबार बिहान ११ बजे बैठक बस्नेछ ।

बिहीबारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरुबीच सहमति नजुटेसँगै बैठक बस्ने विषयमा अन्योलता छाएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिइरहेको छ । तर, उक्त अडानमा सत्ता पक्ष सहमत छैनन् ।

कांग्रेसले शुक्रबार विपक्षी दलहरुलाई बोलाएर सहकारी प्रकरणमा छानबिन समिति बनाउन सहमति जुटाएको थियो । जससँगै कांग्रेसले छानबिन समिति नबनेसम्म सदन सञ्चालन गर्न नदिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट