हार्दिक आई.भि.एफ सेन्टरले १ लाख ९९ हजारमै आई.भि.एफ सेवा दिने-Sutra News

हार्दिक आई.भि.एफ सेन्टरले १ लाख ९९ हजारमै आई.भि.एफ सेवा दिने

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडाैं । हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरले १ लाख ९९ हजारमा आई.भि.एफ सेवा दिने भएकाे छ।



काठमाडौ सिनामंगल स्थित क्रिष्टल कम्प्लेक्समा हालै संचालनमा आएको अन्तराष्ट्रिय स्तरको आई.भि एफ केन्द्रले नयाँ बर्षलाई लक्षित गरि कम आय भएका बिरामीका लागी २०८१ अषाढ मसान्तसम्मका लागी १ लाख ९९ हजार रुपैयाँमा आई.भि.एफ सेवा दिने घाेषणा गरेकाे हाे।

यस्तै, साे अवसरमा केन्द्रले आई.यु.आई ८ हजार ५ सय र ल्याब टेष्ट तथा बिर्यको जाँचमा २० प्रतिशत छुट दिने समेत निर्णय गरेको छ।

हार्दिक आई.भि.एफ एण्ड फर्टिलिटि सेन्टरमा निःसन्तान, प्रसुती तथा स्त्रिरोगसम्बन्धि कम आयमा अन्तरिष्ट्रयस्तरको उपचार सुबिधा उपलब्ध रहेको जानकारी दिएकाे छ।

हाल यस सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आई.भि.एफ बिशेषज्ञका रुपमा डा. अर्चना शाक्य सहित, बरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानु लगायतका मेडिकल टिम कार्यरत छ।

डा. शाक्य बिगत १३ बर्षदेखी स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धि बिरामीको उपचारमा संलग्न छन भने डा. बानु बिगत ६बर्ष देखी इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिदै आएकी छन्।

अन्तराष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, बिर्य फ्रिज गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने ब्याबस्था समेत गरेको सेन्टरले जनाएकाे छ।

केन्द्रले हाल सम्म दर्जनौ दम्पत्तीलाई निःसन्तान सम्बन्धि सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट