विपक्षी दलहरुको बैठकमा राप्रपाको बेग्लै अडान-Sutra News

विपक्षी दलहरुको बैठकमा राप्रपाको बेग्लै अडान

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताएको छ । नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरुको बैठकले राप्रपाले यस्तो बताएको हो ।



बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति बनाउने विषयमा राप्रपा सहमत भएपनि लामिछानेले बोल्न पाउनुपर्ने कुरा राखेको बताए ।

“गृहमन्त्रीले बोल्न पाउनुपर्छ, बोल्न दिइनुपर्छ तर, छानबिन समिति बन्ने कुरामा राप्रपा पछि हट्दैन” शाहीले भने ।

सँगै राप्रपाले समग्र सहकारीका घटनामा छानबिन आवश्यक भएको बताएको छ । “कुरा गृहमन्त्रीको मात्रै होइन, आज पनि हजारौं जनता सडकमा अलपत्र छन्, अति निम्न वर्गका ति नागरिकहरुलाई ठग्नेलाई छाड्न हुँदैन”, उनले भनेका छन् ।

एकातिर नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न नदिने अडान लिएको छ भने अर्कोतिर लामिछाने केन्द्रीत मात्रै छानबिन समितिको माग गरेको छ । राप्रपाको बेग्लै अडानले विपक्षी दलहरुबीच नै सहकारी प्रकरणमा एकमत नरहेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट