

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म अभिनयमा डेब्यु गरेका छन् ।
रमित ढुंगानाको निर्देशनमा बन्ने फिल्ममा ओलीको अभियन रहने खबर पहिले नै सार्वजनिक भइसकेको थियो । सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’को निर्माण घोषणा कार्यक्रममा अोलीले पूर्वप्रधानमन्त्रीको भूमिका निवार्ह गर्ने भएका हुन् ।
उक्त फिल्मका लागि अध्यक्ष ओलीले सुटिङ सकाएका छन् । मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा झण्डै डेढ घण्टा उनको दृश्यको छायांकन गरिएको थियो ।
एसिड आक्रमण घटनाको पीडितका कथाव्यथामा बन्ने यो फिल्ममा उनले पूर्वप्रधानमन्त्रीकै रुपमा अभिनय गरेको निर्माण नियन्त्रक आरजे प्रणव सुवेदीले बताए ।
अोली प्रधानमन्त्री हुँदा एसिड आक्रमण गर्ने व्यक्तिलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान ल्याएका थिए । यही कुरालाई फिल्ममा जोडिएकाले ओलीलाई पनि अभिनय गराइएको हो ।