सरकारले सहकारी समस्या समाधान गर्न प्रक्रिया सुरु गर्ने निर्णय-Sutra News

सरकारले सहकारी समस्या समाधान गर्न प्रक्रिया सुरु गर्ने निर्णय

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।



सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरी सहकारीका कारण बचतकर्ताले भोग्नु परेको समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यस्तै, बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

यसैगरि देशभरका विभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

बैठकमा लगानी सम्मेनलका विषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरी सम्भावनाको खोजी गर्नु पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट