माधवलाई केपी ओलीले भने- प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दै छन्-Sutra News

माधवलाई केपी ओलीले भने- प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दै छन्

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि व्यङ्ग्य गरेका छन् ।



अध्यक्ष ओलीले प्रधानमन्त्री पद खान नपाएर एकीकृत समाजवादी अध्यक्ष हर्‍याकहर्‍याक गरिरहेको बताए । एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री दौडमा नरहेको बताए ।

‘अहिले पनि तपाईंहरुले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ,’ उनले भने, ‘उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने, अरुले मन पराएका छैनन् भन्ने कस्तो नथापाको ।’

‘यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दै छन््, मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔँ भनेर, मैले भनेँ– म प्रधानमन्त्रीको लागि होइन, अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नु पर्‍यो,’ उनले थपे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट